नियम १५
प्रस्ताव पेश गर्नु पर्ने
(१) प्रस्ताव पेश गर्न चाहने व्यक्तिले मन्त्रालयको छाप र सम्बन्धित
अधिकारीको दस्तखत भएको प्रस्ताव सम्बन्धी कागजात खरिद गरी सो कागजातमा उल्लेख
भए बमोजिमका विवरणहरु भरी प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा छुट्टै खाममा शिलबन्दी
गरी ती दुबै खामलाई अर्को खाममा राखी पुन शिलबन्दी गरी मन्त्रालय समक्ष प्रस्ताव पेश
गर्नु पर्नेछ ।
(२) प्रस्तावकले उपनियम (१) बमोजिमको प्राविधिक प्रस्तावमा ऐनको दफा ६ को
उपदफा (२) बमोजिमका कुराहरु खुलाउनु पर्नेछ ।
(३) प्रस्तावकले उपनियम (१) बमोजिमको आर्थिक प्रस्तावमा देहायका कुराहरु
खुलाउनु पर्नेछः–
(क) परियोजना कार्यान्वयन गर्दा उपभोक्तास“ग लिने प्रस्तावित शुल्क र
तत्सम्बन्धी अन्य आवश्यक कुराहरु,
(ख) परियोजना कार्यान्वयन गर्दा नेपाल सरकारलाई कुनै प्रकारको रोयल्टी वा
रकम भुक्तानी गर्ने भए त्यस्तो रोयल्टीको दर र भुक्तानी गर्ने रकमको
किस्ताबन्दी अङ्क,
(ग) सम्झौताको प्रस्तावित अवधि ।
(४) उपनियम (३) बमोजिम आर्थिक प्रस्ताव पेश गर्दा प्रस्तावकले सो उपनियमको
खण्ड (क), (ख) र (ग) को सम्बन्धमा एकभन्दा बढी बैकल्पिक प्रस्ताव पेश गर्न सक्नेछ ।
(५) उपनियम (१) बमोजिम प्रस्ताव पेश भएपछि मन्त्रालयले सो प्रस्ताव दर्ता गरी
त्यसको निस्सा प्रस्ताव पेश गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।